Top Nav

जेनेरेटरबाट गाउमै कम्प्युटर कक्षा

Mar 13, 2007 1 comments
त्रिवेणी र्-पर्वत, फागुन २८ - "जहा इच्छा, त्यहा उपाय " । प्रविधि मोहमा होम्मिएका पर्वतको दर्ुगम गाउ“ त्रिवेणीका युवाले यही उखानलाई चरितार्थ गरेका छन् ।
बिजुलीे पुग्न नसकेको दर्ुगम गाउ“का यी युवाले जेनेरेटर चलाएर कम्प्युटर सिक्न सुरु गरेका छन् । बेहुलीबास गाविसका दीपक काफ्लेले त्रिवेणीमा खोलेको ओम इन्स्िटच्युटमा यहा“का विद्यार्थी र अभिभावक कम्प्युटरमा झुम्मिन्छन् । इन्स्िटच्युटमा दैनिक २० जनाभन्दा बढी कम्प्युटर सिक्न थालेका छन् । एक जनाबाट महिनाको एक हजार पा“च सयदेखि २ हजारसम्म लिने गरेको काफ्ले बताए ।
सरकारले वितरण गरेको विद्युत् लाइन पुग्न नसके पनि लाखांै खर्चेर उनले जेनेरेटर र कम्प्युटर खरिद गरे । गाउ“लेलाई सेवा दिने र व्यवसायसमेत गर्ने उद्देश्यले आफूले यस्तो काम थालेको काफ्लेले बताए । 'सहरमा गएर यस्तै काम सिकियो गाउ“लेलाई पनि सिकाउने रहर लाग्यो,' उनले भने ।

सदरमुकामदेखि यातायात र सूचनाका लागि समेत निकै पछाडि परेको गाउ“मा स्थानीय व्यक्तिले नया“ प्रविधि सिकाउने कक्षा खोलेपछि जान्ने र सिक्ने रहर भएकास“गै रमाइलोका लागि पनि धेरै जना आउने गरेका छन् ।

काफ्लेका अनुसार तीनवटा कम्प्युटरबाट १५ जनासम्मको समूहलाई सिकाउने गरिएको छ । सिकाउने बेलामा सबैलाई एकै स्थानमा राख्ने र पछि पालैपालो प्रयोग गर्न लगाउने गरेको उनले बताए । 'दैनिक ४ देखि ५ समूह सिक्न आउने गरेका छन्,' उनले भने ।

गाउ“मै कम्प्युटर सिक्न पाएकाले आफूले पोखरा जाने योजना त्यागेको सीता रानाले बताइन् । 'विद्यार्थी मात्र होइन, गृहिणी र वृद्धहरूसमेत कम्प्युटर सिक्न आउ“छन्,' काफ्लेले भने ।

(साभार: प्रकाश बराल,कान्तिपुर )

Comments

Nirab Pudasaini said…
nepal ko keta haru ma josh ra jagar chinna bhanni kura kati ko jhutto ho bhanni kura lai yo ghatna le sabit garchaa and indeed where there is a will there is a way

Related Posts

{{posts[0].title}}

{{posts[0].date}} {{posts[0].commentsNum}} {{messages_comments}}

{{posts[1].title}}

{{posts[1].date}} {{posts[1].commentsNum}} {{messages_comments}}

{{posts[2].title}}

{{posts[2].date}} {{posts[2].commentsNum}} {{messages_comments}}

{{posts[3].title}}

{{posts[3].date}} {{posts[3].commentsNum}} {{messages_comments}}

Contact Form