Top Nav

मेरो नेपाल अनि निकम्मा सरकार

Mar 26, 2007 2 comments
जहिले पनि english मा आफ्ना मनका कुरा लेख्दा दिक्क लाग्दो रहेछ । त्यसैले आज युनिकोडको सहारा लिदै छु । दिन भरि आज मलाइ निकै गर्मी बढेको महसुस भो , लगाको कपडा समेत फुकालेर एकछिन त्यसै बसे । निकै उकुस-मुकुस भै राथ्यो । यसो कान्तिपुर टिभीमा प्रचन्डको अन्तर्बाता हेरे , त्यो हिजैको पुन प्रसारण थियो । त्यही हेरे र प्रचन्डको कुरा सँगै देश कहिले स्विजरल्याण्ड हुने हो, आशा र कल्पनाको सँसारमा डुब्न थाले । देशको स्थिति दिनानुदिन बिग्रया छ, यँहा कसैलाइ 'बाल' छैन । प्रचन्डको अन्तर्बाता सकिन साथ आएको कान्तिपुर समाचार हेर्दा झन दिक्क लाएर आयो । नेताहरुको भागभन्डा मिलेन रे, त्यसैले आजको वार्ता पनि विना निष्कर्ष टुँन्गियो रे । कहिले अन्तरिम सरकार बन्ला, कहिले सँविधानसभाको मिति घोषणा होला, अनि कहिले आफुले भोट हालेर चुनेको मान्छेलाइ जिताएर देशमा प्रगतिका रेखा कोरिएला भनेर बसिराँ बेला जहिले नि त्यही कुर्सीको लागि मारामार देख्दा त 'थुक्क नेता हो ' जस्तो लाग्यो । माओवादीलाई उनीहरुले भनेको जस्तो कुर्सि दिए त भइ हाल्यो नि । यो अवसर उनीहरुले बारम्बार पनि त पाको होइन । यसो देश बिकास गर्छु भन्नेलाइ उनीहरुले भन्या जस्तो सीट त दिनु पर्यो नि । डाँकाहरु,दिदैनन् के गर्ने । यी सात दलका चाला त देखेकै हो क्यारे, बेकारमा ठिस-ठिस । यस्तै यावत कुराहरु सोच्दै 'कल कान्तिपुर' बाट आनन्द लिइ राँ थि, साला प्राधिकरणले बत्ती काटी हाल्यो । क्या रमाइलो भइ राथ्यो, गीत र गफ सुन्दै,सब चट भो । अनि बोर लागेर के गरुम-गरुम भो, अचानक मेरो कुकुरहरुको याद आयो र गए तिनीहरुसँग खेले आधा घन्टा जति । हब्सी 'शेरु' खै किन हो, मलाइ त्यसको एकदम माया लाग्छ । टाइगरको पनि माया नलाग्ने होइन,तर पनि, जे होस् मलाइ मेरा दुबै कुकुरहरु प्यारो छ। अनि बत्ती झ्वाम्म्,बाइकमा पेट्रोल पनि झ्वाम्म । तर बाइकमा चाँहि अलिकति पेट्रोल बाँकी रहेछ । यसो 'इवनिङ वाक' गर्नु पर्यो भनेर बाइकमा बसेर विस्तारै लागे बौद्धको मेनरोडतिर । बाबा !! कस्तो जाम । किन होला भनेर एकजना ट्राफिकलाइ सोधेको, मुख बिगार्दे'पेट्रोल बाँडने हल्लाले 'त्यस्तो भाको रे । उसलाइ पनि पेट्रोलको धुवाँले अटस-पटस भाको रैछ । "थैकँ गड, मसँग फेस् मास्क थियो र बचे । पछि जाममा फस्दा सरापे 'गिरिजा' र त्यसको सरकारलाइ । कस्तो निकम्म सरकार, कस्तो निकम्म व्यवस्था, जे चिजको पनि हाहाकार । मलाइ त खै किन हो किन , यो गिरिजाको सरकार एकदम अलछिन लाग्छ । देशमा जे पनि नराम्रो हुन्छ, यै गिरिजाको पालामा हुन्छ बा । बुढो त निकै अलछिन नै छ क्यारे । राजा विरेन्द्रको वँश नाश, ठुल्ठुला प्लेन दुर्घटना, बस दुर्घटना, ठुल्ठुला नरसँहार, मँहगी, पानीको हाहाकार, हुँदा हुँदा मेरो वाइकलाइ शुद्ध पेट्रोलको प्याक-प्याकी,यो सब यही गिरिजाकै पालामा भाको, भइराछ । जे भए पनि मन नै हो, जे सोचे नि भो ।



त्यसपछि 'साइबर'मा पसुँला सोच्या थिए तर वत्ती त त्यँहा पनि रैनछ । के गर्ने त, अनि Gemini Grocer मा गए, अलिकति सपिङ गर्नलाइ । त्यहाँ छिरेछी ५० रुपैया मात्रको समान लिएर आउन लाजै लाग्ने, त्यसैले जे पाए, टिप्दै हजार रुपैया जति सिध्याएर घर फर्के अनि मैनवत्तीमा बसेर यै गफहरु लेखीराछु ।

Comments

Sadhana said…
हो यो गिरिजा अनि अरु नेता हरुले त हो नि यौ हाम्रो देश नेपाल बिगारको नेपाल अहिले जुन हाल्त मा छ त्यो सब तेही गिरिजा अनि तेस्को सरकारको कारणले हो! चोर बुदा मर्न पनि मर्दैन फेरी!! अज के के गर्न बकी छ नि तेस्ले हाम्रो देश लाई, बेचेर छोद्ला जस्तो छ!
Navin said…
हा हा हा । एकदम ठिक कुरा हो । साधना जी । हामी र हाम्रो देशलाइ धेरै पिराको छ तेस्ले ।
तर अब केही होला कि? माओवादी सहितको अन्तरिम सरकार जो बनेको छ । उसको उदयेश्य
सँविधानसभाको चुनाव गराउनु,त्यो हेर्नु बाँकी छ । अनि त तपाइ-हामी मिलेर गिरिजालाइ
बाइ‍‍‍-बाइ गर्नु पर्छ । हे हे

Related Posts

{{posts[0].title}}

{{posts[0].date}} {{posts[0].commentsNum}} {{messages_comments}}

{{posts[1].title}}

{{posts[1].date}} {{posts[1].commentsNum}} {{messages_comments}}

{{posts[2].title}}

{{posts[2].date}} {{posts[2].commentsNum}} {{messages_comments}}

{{posts[3].title}}

{{posts[3].date}} {{posts[3].commentsNum}} {{messages_comments}}

Contact Form