Top Nav

नेपाल टेलिकमको चर्तिकला

Mar 31, 2007 3 comments
नेपाल दुरसञ्चार, नेपाल टेलिकममा परिणत हुँदासम्म यसले खासै केही सकारा्त्मक कार्यक्रमहरु ल्याउन सकेन। वास्तवमा हामीलाइ क लागेको थियो भने सरकारी स्वामित्वबाट छुटेर निजी कार्य प्रणालीमा जाँदा यसले सर्वसाधारणको हितको लागि कार्य गर्नेछ भन्ने लागेको थियो तर त्यस्तो भएन । यिनीहरुको ठगीको,अदुर्दर्शिताको प्रत्यक्षदर्शी मात्र भएर बस्यौ । हुन त "जस्तै विउ, उस्तै रुख " भने झै त्यो बेलाको सरकारसँग आशा गर्ने ठाँउ पनि थिएन । तर आज समय फेरिएको छ । सुचना तथा सञ्चार मन्त्रालयको बागडोर माओवादीको पोल्टामा परेको छ । उनीहरुलाइ सँसारमा दुर्त गतिमा बिकास भइरहेको सञ्चार माध्यमको पुर्ण ज्ञान छ । यस हिसाबमा नेपाललाइ छिट्टैनै उनीहरुले सुचना तथा प्रविधिको क्षेत्रमा बिकास गर्नेछ भन्नेमा दुईमत छैन।

खासै भन्नु पर्दा अहिलेसम्मका अवस्था निकै नै डामाडोल थियो र छ । नेपाल टेलिकमले विभिन्न बहानामा हामी जस्ता उपभोक्ताबाट बिभिन्न शिर्षकमा करहरु लिदै आएका छन् । कर वापत हामीले कुनै सविधा पाएका छैनौ । टेलिकमसँग मेरो एउटै गुनासो के रह्यो भने उनीहरु विश्वका अरु राष्ट्रहरुसँग प्रविधिको मामिलामा प्रतिस्पर्धा गर्न सकेनन। अरु राष्ट्रका टेलिकमहरु आफ्ना ग्राहकलाई कसरी सहुलियत प्रदान गरुँ भन्ने ठान्छन् तर यहाँ चाँहि कसरी "यी सोझा-साझा" ग्राहकसँग बढी भन्दा बढी फाइदा लिन सकियोस् भन्ने सोच छ। त्यसैले त अहिलेसम्म सरकारले VOIP लाई मान्यता दिएको छैन। पुरानो प्रविधिमा अपनाएको आफ्नो सँरचना र आफ्नो पुँजी डब्ने डरले होस् वा अरु विविध कमिसनको खेलले होस् टेलिकमले नेपाली गरिब जनताहरुलाई लुटिनै रहेको छ।

उदाहरणको निम्ति नेपालीले ३ रूपैयामा अमेरिका कल गर्न सक्छ भने त्यस्तो किसिमको प्रविधिलाई किन मान्यता नदिने ? के टलिकमको PSTN मै आधारित पुरानो सँरचनामा आधारित सेवाहरु मात्रै प्रयोग गरी रहनु पर्ने ? टेलिकमले झुटको खेती गरेको धेरै समय भइसक्यो । कहिल्ये भन्छ fibre optics को सञ्जालले देश भरिका सगम,दुर्गम ठाँउमा broadband internet ल्याँउछु, कहिले भन्छ देशभरिकै जिल्लामा मोवाइल सेवालाई विस्तारित गर्छु, कहिले भन्छ यसो गर्छु, त्यसो गर्छु । सब गफ जस्तो लाग्न थालिसक्यो ।

आफ्नो क्षमता भन्दा बढी सिमकार्ड बाँडने, जनतालाई झुक्काएर सस्तो लोकप्रियता कमाउने,Fibre optics लाई तुरुन्त देशभर नफैलाएर त्यसको फाइवरलाइ यत्तिकै सडाउने, नचाँहिदो गरिवमारा थोत्रा प्रविधिलाई काखी च्यापी रहने, अनावश्यक कर लिएर चाँहिदो काममा अग्रसर नहुनु, विश्वस्तरिय प्रविधिलाई विभिन्न नाम दिएर थिचोमिचो गर्नु, हुँदा हुँदा 'अपराधी'सम्म भन्न बेर नलाउने टलिकमबाट अरु के आशा गर्नु, जव यो नाफा कमाउन मात्र बसेको व्यापारी जस्तो भइसक्यो। कम्तीमा व्यापारीले दिएको समान त राम्रो पर्ला तर टेलिकमले दिएको सेवामा कुनै पनि ठाँउमा सन्तोष मान्नु पर्ने अवस्था हाललाई छैन।

हुन त यो सब भनिएका कार्य गर्नलाई समय त अवश्य नै लाग्ला तर जति अग्रसरता देखाउनु पर्ने हो , त्यो देखाएको छैन। दुर्गम भाग केही जनताले ताररहित CDMA फोनको उपभोग नगरेका होइनन् तर टेलिकमले जे गर्छु भनेको छ, त्यो चाँहि गरेर देखाउनु पर्ने हो। किनभने ऊ आइते‍-जाइते कम्पनी होइन, जनता माथि जवाफदेही हुन सिक्नु पर्छ।

अब जे होस्, माओवादीले सञ्चार र प्रविधिमा अवश्य नै केही विकास गर्ला भन्ने आशा पलाएको छ । वँहाहरुलाई थाहा छ, देशको कुन चाँहि क्षेत्रमा विकास् गरिएमा देशलाइ फाइदा हुनेछ भनेर । अहिले सारा विश्व, सुचना तथा सञ्चार प्रविधिमा लगानि गरेर लाभान्वित भइरहेका छन् । नेपाल त्यसमा चक्ने कुरै भएन। माओवादीको सरकारले अवश्यनै हामी जस्ता पिडित उपभोक्ताको पक्षमा केही काम गर्नुहुनेछ भन्ने म जस्ता थुप्रैलाई आशा पलाएको छ ।

Comments

Anonymous said…
Ho nepal telecom le atti nai gariraheko cha. VOIP chahi legal garnu parnay ho kya nepal ma. Tara nepal jasto desh ma k. Legal hosh ya illegal gajja ta jatatatai paincha bhanche VOIP matra k kamm. Sab cyber haru ma cheap internet call bhannay bhaihalcha jun voip nai ho haina ra. Maile pani ghar batai globe bhannay voip chalayeko chu. Tara hamilai online payment garnay upaya nabhayeko ley chahi voip haru lai pay garna garo cha.
Navin said…
yeh, kasailey kasailai terekai chaina.. aba telecom ley ali kata bichar puraunu parcha,.. natra haami matra kati thagiyera basney? hoina ra bro?? 3 rupees per minute US call paincha bhaney telecom ko over 70 Rs per minute call kasley gardios..

they should be innovative, in this regard, they are not..
Anonymous said…
Yah telecom le change garnu paryo operate garnay style. 1 cent per minute ma ni paucah US samma call garnay ;)

Related Posts

{{posts[0].title}}

{{posts[0].date}} {{posts[0].commentsNum}} {{messages_comments}}

{{posts[1].title}}

{{posts[1].date}} {{posts[1].commentsNum}} {{messages_comments}}

{{posts[2].title}}

{{posts[2].date}} {{posts[2].commentsNum}} {{messages_comments}}

{{posts[3].title}}

{{posts[3].date}} {{posts[3].commentsNum}} {{messages_comments}}

Contact Form