Top Nav

दिमाग बिग्रिएका कलिऊडे हिरोहरु

Sep 7, 2007 1 comments
This article is related to satircal notion on Nepalese actors. This was printed on Last year's Gai Jatra(Cow Festival in Nepal) special Magazine. These people call Nepalese film industry,KollyWood. As like with Hollywood,then bollywood and now Kollywood. The title of this blogpost is something like " Retarded Kollywood Actors" when translated into English.

उमेरले पचास जोड पाँच पुगेर पनि नारायणगढतिरकी माइनस तीस बर्षकी तरुनीलाई जोई बनाउँदा छिप्पिसकेका छोरीलाई पोई खोज्न बिर्सेका साई शिव श्रेष्ठकी ठुली छोरी सोना श्रेष्ठ साईबर नेपालका ठिटाहरुलाई खोचँ र नदीमा लाँदै कपडा खोल्दै गर्न थालेकी छन् । त्यसै मौकामा चौका ठोक्दै डान्सर हिरो दिलिप राइमाझी सोनाकी बहिनी स्वीटीलाई गाजा खाँदै कहिले धुलिखेल त कहिले नगरकोट डुलाउन व्यस्त छन् । छोरी स्वीटीको चालामाला देखेर साइभत्त शिव श्रेष्ठलाई साक्षी राखी दिलीप रायमाझी गोडोको पानी खुवाउने सुरमा लागेका छन् ।

यता अभिनय सभिनय नगर्ने , खाली उफ्रनमात्र जान्ने निखिल उप्रेती सज्जासँग दिनरात मज्जा लिन थालेपछि कोपिला भाउजुको मुटु मिनेटमा १ सय ८० पल्ट उफ्रेको उफ्रेकै छ । कुकुरलाई काम पनि छैन, फुर्सद पनि छैन भनेझै खाली निखिल उप्रेतीसँगै सुटिगँमा हुटिङ गर्न थालेपछि 'चङ्खे बा'को गाला चप्रयाक चुप्रुक सुक्न थालेको छ ।

नाङिदा आफ्नो लोकप्रियता झन् झाङिएको देख्ने झ्यापल्ले नायक राजेश हमाल कपाल जति हल्लाए पनि कलिउडमा कुनै तरुनीले नपत्याइदिदाँ तीनतीन महिनामा तलतल मेटाउन अमेरिका तथा थाइल्यान्डतिर जान पल्केका छन् । भर्खरै भाई रोशन हमालको बिहा गराइदिदा आफुलाई पनि जग्गेमा बस्न मन नलागेको तर १४ बर्षभन्दा माथिकाले नगन्दा रहरमै सीमित हुन पुगेको कुरा हमालले ठमेलतिरका मसाज पार्लरका तरुनीहरुलाई भन्दै हिडँन थालेका छन् ।

द्वापर युगमा सोरह हजार गोपिनीहरु साथसाथै राखे पनि अहिलेसम्म एउटा पनि सारी ओछयाउन नसकेका कलियुगका श्री कृष्ण त्रेता युगकी सीतासँग आफैले भनेका गीता वाच्न थालेका छन् । नाच्दाखेरि आखाँमात्र सन्काउने, नाइटोमुनि एक त्यान्त्रो कपडा लाउन रुचाउने सीता गुरुङ श्री कृष्णलाई पोई बनाउन नपाए आफ्नै कम्मरसम्मको लामो कपाल घाँटीमा बेरेर स्वयम्भुमा पासो लाग्ने घुर्की लाउन थालेकी छन् । बिजु रञ्जितलाई एडसले यमराजकहाँ पुरयाए पनि आफु त्यसको भागिदार बन्न नसकेको र सीताकै प्रेमले आफुले जीवनदान पाएको श्री कृष्णले अर्जुनलाई गीताको उपदेश दिदाँ सुनाएका हुन् ।

एक दर्जनजति सारीहरुलाई बारीमा सुताए पनि राम्री तरुनी देख्यो कि रयाल बगाउने सेक्सी नायक भुवन केसीले लमजुङतिरकी पोई छोडुवा निशा सुनुवारलाई फिल्ममा नायिका बनाइदिन्छु भन्दै रातिराति निरमाया रोधी क्लबमा गएर छाँद हाल्दा बालुवाटारतिरकी सुस्मिता केसी सौता विजया केसीलाई सम्झदै "फेरी आयो त्यो कालो रात,,," भन्ने गीत गाँउदै बस्न थालेकी छन् । भुवनले खाली निशाको गालामा किस खाएको देख्दा कमलादीमा दोहोरी गाउने तरुनी गायिकाहरु रिसले चुर भएर भुवन र निशालाई एक रातका लागि ट्वाइलेटमा बन्द गरेका थिए । एक विश्वस्त सुत्रका अनुसार निशा अहिले पाँच महिनाको भुवनको नासो बोकेर नौ महिना लागि दिन गनेर बसिरहेका छन् । भुवन भने अहिलेदेखि नै ज्वानोको झोल पकाउन कुकसम्बन्धी तालिम लिन 'बुक' गराइसकेका छन् ।

Comments

Anonymous said…
Malai nepali padhnu audaina

I know
So shameful!

Related Posts

{{posts[0].title}}

{{posts[0].date}} {{posts[0].commentsNum}} {{messages_comments}}

{{posts[1].title}}

{{posts[1].date}} {{posts[1].commentsNum}} {{messages_comments}}

{{posts[2].title}}

{{posts[2].date}} {{posts[2].commentsNum}} {{messages_comments}}

{{posts[3].title}}

{{posts[3].date}} {{posts[3].commentsNum}} {{messages_comments}}

Contact Form