Top Nav

अमेरीका अनुभव

Nov 16, 2007 0 comments
नेपाल फोन गर्ने थरि थरिका माध्यमहरु छन । ति मध्य धेरै मैले पत्ता लाइ सक्या छु । यदा कदा साझा डट्कम मा समेत यस बारे छलफल गर्या भेटीन्छ । मेरो पहिलो कार्ड Link to ALL बडो राम्रो थियो, तर तब सम्म जब तेस्ले काम गर्नै छोड्यो । मरी मरी ५ डलर हालेर एउटा कार्ड किन्यो, ४० मिनट कुरो गर्‍यो खत्तम ! अझ मोबाईल मा गर्ने हो भने त १५ मिनट ! भन्न चाँही यि मोरा हरु ले you have 5 dollars र for this call you have 1 hour 27 minutes remaining भन्ने रे, दिन चाँही आधा भन्दा कम ! थरि थरि का कार्ड चहारियो, rocket, international, star, india call, asia call के के हो के के !

कल् गर्दै जाने क्रम मा मैले एक दिन ज्ञान प्राप्ती गर्या भएर, यस् बारे तपाईं सबै लाइ बाडी हालौ न त भनेर यो शिर्षक लेख्या हो । calling card चलाऊन मैले उहिले नै बन्द गरी सक्या छु । अचेल yahoo messsanger जोडयो, webcam र mic जोडयो, अनि धित मर्ने गरी कुरो गर्‍यो, अब कहिले काही computer नै उचालेर फालौ जस्तो त लाग्छ नि तर के गर्नु, पैसो पर्या कुरो ! खासै भन्ने हो भन पैसो चाँही सुको पर्या होइन ! मेरो पहिलो फ्री खाट जस्तै यो कम्प्युटर पनि फ्री मै आ हो !

कसरी भन्नु होला?

कुरो के भने billy जि को laptop मा दिउसो दिउसो काम नहुँदा craigslist खुबै हेरिन्थ्यो, त्यहाँ एउटा ‘फ्री’ भन्ने शिर्षक नि हुदो रैछ ! ल त के के रैछ फ्री भन्या त संसार नै फ्री, के चाँहीयो र? कानो लाइ आखो ! खाट चाँही ३ block पर बाटो मै ठड्याएर राखदया रैछ, billi जि लाइ भनेर बेलुका बोकेरै ल्याइयो ! कम्प्युटर चाँही लिन जानु पर्‍यो bus चढेर, आउँदा चाँही taxi मा आको ले १२ डलर ३१ सेन्ट चाँही पर्या छ !अब १००० रुपैयाँ मा का बाट कम्प्युटर पाउने हो? त्यै भएर मेरो दिन्चर्या को २ वटा अभिन्न अङ झै साझा डट्कम र craigslist.org भैइ सक्या छ ! हाम्रो साझा डट्कम मा craigslist.org जस्तै भा भे, कत्ती जाती हुन्थ्यो !

ए लौन सान् दाजि एस्सो कुनै कुनोमा थप दिनु पर्यो !

हुन त craigslist को हाकिम लाई एक दिन ईमेल नि गरे, लौ काठमाडौं पनि थप तिम्रो craigslist मा भनेर ! हुन्छ, धेरै जनाको request आयो भने थप्छु भन्या छ !

craigslist कै कुरो गरौ न त एक् छिन कस्सो?

craigslist मा एउटा लिन्क चाँही खतरा नै छ strictly platonic रे ! गै हेर्नुश थाहा हुन्छ ! massage देखि sassage सम्म ! हुन त मलाइ सारै गुण ला छ तेस्ले, आफ्नो जागिर्, डेरा, खटिया सब् त्यहि बाटै त आ हो नि !

देखि हाल्नु भो नि मेरो पारा, कुरो calling कार्ड को चली रा बेलाँ का लिएर गएछु ! यि साझा डट्कम क अनन्य मित्र हरु ले नसन्काका भए लेखन कार्य उहिले नै इति श्री भैइ सक्थ्यो होला !समष्टिगत रुपमा भन्नु पर्दा, नेपाल चाँही फोन गर्दै गर्नु पर्छ भन्ने हो !

मेरो पहिलो क्रेडिट कार्ड :

यो देश नि अचम्म को छ ! उधारो मा चल्या देश भन्छु म त ! जे नि उधारो । पहिले पहिले कुरै नबुझिने भन्या ! billy जि लाई सोधदा सोधदा वाक्क भएर होला, साथी ले व्याख्या नै गर्न चाडे ! म नि आँफै तम्सिए credit card महिमा बुझ्न ! एउटा हटमेल मा ईमेल आयो मलाई, यो अल्ली अगाडी को कुरा हो ! दङ परेर रिप्लाई गरे, १ हफ्ता मा एउटा फोर्म पठायो, भरे, फेरी अर्को अर्को फोर्म पठायो । तँ १०००० डलर क्रेडिट पाउन सक्छस् भनेर, आफ्नो दसैं, तिहार, शिवरात्री सबै एक्कै चोटि आउन लाग्या अनुभुती भाथ्यो ! भरियो । चौथो पटक चाँही मुखै खोलेर मोरा ले ६७ डलर पठा, क्रेडिट कार्ड पठाउछु भन्यो, म नि दङ परेर पठाउन तम्सी हाले । तेस्को लग्गत्तै ३ वटा तेस्तै तेस्तै offer हरु आए, सबै भरियो, सब लाइ पैसा तिरियो - credit union, first premier bank र अर्को कुन्नी के जाती हो !

जाठाहरु ले सोझ्झै मुर्गा हान्या रैछन बा, अहिले डेढ बर्ष बिती सक्दा नि मेरा क्रेडिट कार्ड आएनन । यो कुरो billy जि लाइ भन्या चाँही छैन …… र्‍याग हुन्छ क्या !

एउटी नेपाली बहिनी सँग भारि बोक्न उन्को shopping मा macys गा बेला उन्कै सल्लाह मा त्यहाँ क्रेडिट कार्ड को फरम भरे, ३०० डलर को दियो, तर त्यही मात्रै किन्नु पर्ने रे ! एक महिना पछि घुम्दै Sears मा गा बेला त्यहाँ नि apply गर्न मिल्ने थाहा भए पछी गरे, एक्कै चोटि ३५०० डलर को पो दियो !यो चाँही जा चलाएनी हुने ! क्रमश ईन्टरनेट चाहर्दै गा बेला का का हो का का apply गरियो, २-३ वटै आए । आउन त आयो अहिले आफु लाइ चाँहीया बेला मा एउटा नि छैन !

हरायो त? भन्नु होला !

एत्राको हराउनु, सब्बै क्रेडिट कार्ड maxed out! मलाई के थाहा तिर्नु नि पर्ने रैछ भनि !बिल् त आउथ्यो, junk होला भनेर सोझ्झै garbage तिर हुलदे, आज यो हाल छ ! मेरो क्रेडिट रिपोर्ट कस्तो होला भनेर एक चोटि तन्या त चौपट ! too many credit inquiries रे ! हुन नि हो credit card apply गर्ने ठाउँ देख्नै नहुने, गरी हाल्ने आफु त !

चलाऊनै आएन भन्या, मलाई मात्र एस्तो हो कि सबै लाइ हो? लौन एस्सो सल्लाह पाम्, कत्ती कथै मात्र पढ्नु हुन्छ तपाईं हरु !

24 hour fitness:

24 hour fitness, बडो गजब को ठाउँ, नेपालमा gym जान जिन्दगी जाँगर नचल्या म मोरो लाई कुन अगती परेर, एक दिन हान्निए 24 hour fitness तिर, एस्सो ज्यान श्यान बनाउनु पर्‍यो, arm sarms हाल्नु पर्‍यो, तेसपछि त छप्की त कति कति ! membership fee सुन्दा ४ चोटि बिचार गरे तर केही सिप नलागे पछि भर्ना भए ! पहिलो दिनको जोश त हो, ३ घण्टा गरिएछ, भोली पल्ट नित्य कर्म गर्दा एती सरापियो एती सरापियो 24 hour fitness लाइ, के भनम ! हगन् कार्य गर्न लाइ बस्नै गार्हो, बसे पछि हगन् कार्य गर्नै गार्हो, हगन् कार्य गरे पछि उठ्नै गार्हो ! तेस् पछी न त 24 hour fitness गैयो, न त गरियो कुनै exercise, पैसो चिलाएको क्या, पैसो चिलाएको !

लौ त मित्र बन्धु बान्धव हरु, खृस्टमस् को बिदा छ, काम मा नि आइन्न, घरको कम्प्युटर म जुका पर्या छ virus क्या ! खोल्ना साथ बन्द हुन्छ भन्या ! अब बाकी मंगलवार मात्रै होला !

तै पनि यहाँ हरु को बिशेष कृपा भयो, र एस्सो हल्ला खल्ल गर्नु भो भने चाँही billy जि को laptop बाटै भएनी लेखमला !

त्यि गरौ न त ! त्यै भो होइन त? लौ त त्यै गरम !

src : http://rameko.wordpress.com/

Comments

Related Posts

{{posts[0].title}}

{{posts[0].date}} {{posts[0].commentsNum}} {{messages_comments}}

{{posts[1].title}}

{{posts[1].date}} {{posts[1].commentsNum}} {{messages_comments}}

{{posts[2].title}}

{{posts[2].date}} {{posts[2].commentsNum}} {{messages_comments}}

{{posts[3].title}}

{{posts[3].date}} {{posts[3].commentsNum}} {{messages_comments}}

Contact Form