Top Nav

नेपालको 'ब्रिज कोर्स' (Bridge Course in Nepal)

Apr 17, 2007 8 comments
२०६३ को S.L.C हिजो अस्तिमात्र सकियो। S.L.C सकिन साथ अहिले Bridge Course को बाढी नै आएको छ। च्याउ सरी उम्रिएको अव्यवस्थित institute हरु र तिनले निकालेको भद्रगोल विज्ञापनको मारमा पत्रिकाको समाचारहरुले पर्याप्त स्थान नपाएको देख्दा दिक्क नै लागेर आएको छ। अझ कुनै-कुनैले त आफुहरु १९-२० वर्षदेखि नै Bridge course को सेवा प्रदान गरेको रे। यो पढदा त उदेक लागेर आयो। यो कसरी भो? मैले २०५२ सालमा S.L.C दिदाँ न त्यति खेर कुनै Bridge Course भन्ने चीज थियो न कुनै च्याउ उम्रेको झै instituteहरु । त्यो १९-२० वर्षको गफ दिनेहरुले त २०४६ सालको जनआन्दोलन भन्दा अगाडि देखिनै पो त्यो सेवा देको सुन्दा त 'गजब छ बा' जस्तो लाग्यो। विश्वबिधालयको भन्दा पनि पुरानो इतिहास तिनीहरुको? यस्ता गफाडीहरुले S.L.C. को व्यापार गर्ने भो ठानेर यसो समाचार पढुँ भनेर अर्को पाना पल्टाको, त्यहाँ त झन अर्को पटके instituteको 'खबरदारी' जस्तो सुचना पो र छ। तिनीगरुको सुचनाको heading नै कस्तो, मानौ तिनीहरु कुनै औपचारिक आधिकारिक सरकारी निकाय होस्। तल :-
Cuttings from a local daily

त्यो पढेपछि के लाग्यो भने Bridge Course सञ्चालन गर्ने जिम्मा चाँहि तिनीहरु कै टाउकोमा आउनु पर्ने रे । तिनीहरुको बाउले Bridge Course को ठेक्का तिनीहरुलाइ मात्र देको जस्तो,अरु च्याउ सरी उम्रेका institute हरुको भरमार खेदो गरेको रहेछ । अब दुइ लाख भन्दा बढीले यसपालि S.L.C देका छन,सबतिर Bridge Course को हावा लाग्या बेला जसरी पनि दुइ-चार रुपैया कमाउ भन्ने सब 'च्याउ'हरुको उद्देश्य होला, तर त्यो एउटा 'च्याउ'ले त्यसरी "गम्भीर ध्यानाकर्षण" भन्दै सुचना प्रकाशित गरेपछि म जस्तो त्यो business मा केही सरोकार नभाकोलाइ शुद्द केही नलेखि बस्नै सकिन।

यसरी सब 'च्याउ'हरु रङि्गन आकर्षक बिज्ञापन गरेर को-भन्दा को कमको होडबाजी गर्दै शुद्ध व्यापार गरिरहेका छन्। आजकाल समाचार कम,विज्ञापनको त्यो पनि यी "Bridge Course"वालाहरुको ताँती देखे पछि वाक्क-दिक्क-प्याक्क लागेर आँउछ।

म पक्कै पनि S.L.C दिएर बसेकाहरुले Bridge Course गर्नु हुन्न भन्ने पक्षमा छैन तर यस्ता व्यापारीले गरेको खेतीमा गएर नफसुन् भन्ने मात्र हो जसको एकमात्र उद्देश्य भनेको पैसा हड्पनु हो।

विधार्थी स्वँयले विवेकशील भइ आफुभन्दा ठुला-वडा,शिक्षकहरु,दाजुहरुसँग परामर्श गरी उचित ठाँउमा गइ आफ्नो क्षमतालाइ त्यतिकै चुप लाएर बस्न नदिइ निरन्तर कुनै विषयमा अध्ध्यन गराउने बानी नै Bridge Course को उद्देश्य हो। सम्भवत यसले आउने दिनको शिक्षाको लागि पनि सहयोग गर्ने छ यदि आफुलाइ पायक पर्ने विषयवस्तुलाइ शुरु मै Bridge Course अन्तर्गत अध्ध्यन गरिएमा।
तर भोलिका दिनमा शिक्षा निति परिवर्तन भएर १२ कक्षा सम्मलाइ S.L.C बनाउने तयारी गरिरहेको अवस्थामा यो पटके 'च्याउ'हरुले कसरी आफ्नो स्वरुप फेर्ला, त्यो त आउने दिनले नै देखाउने छ।

Comments

Anonymous said…
Testai ho ahiley nepali education ....... school, college, institute sab ustai . edicunational instituion ho ko tarkari bajar faran nai patta launna sakinna
Anonymous said…
ho.. tarkari bajar...thik bhanyo..

tarkari bajar ta ali bewasthit huncha,tara yoh baisakhey chyau haru. khai k bhanney..
archana said…
bridge course fashion ले त विद्यार्थीहरु लाई एसो refersh हुने
मौका नै दिएन
हाम्रो पालामा मामा घर जाने , घुम्न जाने हुन्थ्यो , चट्ट घुमेर आउँदा result पनि निस्कन्थ्यो अनि कलेज पढ्दा पनि फ्रेश हुन्थ्यो
अहिले त SLC सकेको दिन देखी बिचरा भाई बहिनी हरुलाई तानातान
Nirab Pudasaini said…
hoina actually bridge course bhanni concept chain ramro lagchaa malai ........ bidharthi haru lai bharkhar slc shidyekaa aru skool ka sathi haru sanga interaction garni chance milchaa ......... ani student ko mind padai bata divert huna paunna ....... tara dukha ko kura key chaa bhaney yo sab instution haru ati professnalize bhai sakyo ani bhidarthyi tanni hodbaji ma chini nachinii kura garna thali sakyo ...........
A said…
I also saw their big ad (different one) on today's kantipur as well. I thought the same as you did as if they should be the only one getting the license for bridge courses.
Navin said…
archana Ji, yeap, you are right. Old days were good.

Speed bro, too much commercialization is not good for education sector. See, we started to hate them now.. :)

Annitya sir, sab damadol cha yaha ahiley :)
Gagan said…
gagan:
Actually the concept bridge is very good and modern concept.it is sharpening the knowlege of students for better perfomance in future in their academic field. it provides the fruitful intraraction with teachers and among freinds. it really boast up their potentioalities and helps to determine the right path for academic journery using free time........but as earlier friends, all commercial and brain reeling advertised institute are boaring and ruining the bright career of our pillar... thanks fren for ur article...
Anonymous said…
fuck off bridge courses

Related Posts

{{posts[0].title}}

{{posts[0].date}} {{posts[0].commentsNum}} {{messages_comments}}

{{posts[1].title}}

{{posts[1].date}} {{posts[1].commentsNum}} {{messages_comments}}

{{posts[2].title}}

{{posts[2].date}} {{posts[2].commentsNum}} {{messages_comments}}

{{posts[3].title}}

{{posts[3].date}} {{posts[3].commentsNum}} {{messages_comments}}

Contact Form