
आजकल टिभी केवल वालाहरुले गर्नु गर्या छ। चल्तीमा रहेको च्यानलहरुमा भरपुर 'स्क्रोलिङ टेस्क्ट' विज्ञापनहरु दिएर मस्त छन। कसैले केहि भन्दैनन कि के हो, तर मलाइ चाँहि त्यस्तो विज्ञापन त्यो पनि महिनामा पैसा तिरेर हेरेको च्यानलमा आँउदा खै चित्तै बुझ्दैन। मस्तले यसो च्यानल हेरुम भन्यो , irritate नै हुने गरि विज्ञापन दिएर हैरान। मलाइ त उहिले VHS Player मा भाडाको हिन्दी चक्का ल्याएर हेर्दा 'पान पराग'को AD स्क्रिनको तल्लो भागमा आएको-आइ गरेर बौउलै बनाउथ्यो। अहिले फेरि त्यही 'ट्रेन्द' केवलवालाहरुले दोराका छन। अब कि त महिनाको पैसा कम गर्नु पर्यो कि त त्यस्तो विज्ञापन हटाउनु पर्यो। शिकायत गर्दा खान-लाउन बाटो नै त्यही भन्छन। के गर्ने हो अब?

स्क्रोलिङकै कुरा गर्दा 'नेपाल वान' च्यानलले 'breaking news' भन्दै के स्क्रोलिङ समाचारको ट्रेन्ड चलाको थियो, अहिले सब नेपाली च्यानलले त्यस्तै नकल गर्या छन। यसो रमाइला गीत आइ रा हुन्छ, आधी स्क्रिन त त्यही 'स्क्रोलिङ समाचार'ले खाइ दिन्छ। कस्को गीत रहेछ हेर्नु खोज्यो, ढ्याप्प छोपिदिन्छ त्यो स्क्रोलिङहरुले। कहिले त टाउको मात्र देखिन्छ भन्या। नेपाल वान हेर्नु पर्छ, कहिले-काही त्यस्मा त बबाल हुन्छ। इत्रु हुन्छ main display, बाँकी सब स्क्रोल नै स्क्रोल। नेपाल वानले खुब breaking news दिन्थ्यो, अहिले आफै breaking news भाको छ। हैन, नेपालमा छुट्टै समाचारको लागि मात्र च्यानल भै दिए कस्तो राम्रो हुने थियो। अहिले त खिचडी जस्तै छ।
रमाइलो प्रोग्राम चलि रा हुन्छ, समाचार पनि त्यहि मुनि हुन्छ । मनोरञ्जन ,समाचार, सब एकै ठाँउमा। अनि खिचडी भएन त। इन्डियाको Sony Channelमा कहिले समाचार आँउछ?? त्यस्तो भए पो।
Comments